Logo

२५ जेठ, काठमाडौं । माओवादीले आज बस्ने मधेश प्रदेश सभा बैठक बहिष्कार गर्ने भएको छ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफल हुँदैछ ।

उक्त छलफलमा सहभागी नहुने माओवादीले जनाएको छ ।प्रदेश सरकारले छलफल नै नगरी मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएकोले बहिस्कार गर्ने माओवादी केन्द्रका एक प्रदेश सांसदले जानकारी दिए ।
गत मंगलबार प्रदेश सभामा प्रस्तुत मधेश सरकारको नीति तथा कार्यममाथि आजदेखि छलफल गर्ने तयारी गरिएको छ ।


सम्बन्धित समाचार