Logo

२५ जेठ,पचगावाँ,पर्सा । पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ गदियानी गाँउस्थित खेतबाट बुधबार प्रहरीले ठूलो परिमाणमा लागू ओैषध गाँजा बरामद गरेको छ ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक रामराजा केशरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले २१ किलो ९६०ग्राम गाँजा बरामद गरेको हो ।प्रनि केशरीका अनुसार, जंगलको बाटो हुँदै गाँजा बोकेर पैदल आईरहेका तीन जना व्याक्तिहरु प्रहरीको टोली देख्ने बित्तिकै गाँजासहितको बोरा र झोला खेतमा फ्याकेर फरार भएका थिए ।

खेतमा फ्याँकिएको बोरा र झोला प्रहरीले खोलेर हेर्दा गाँजाको धुलो ९ किलो ४२० ग्राम र तयारी गाँजा १२ किलो ५४० ग्राम बरामद भएको प्रहरी प्रब्क्ता दिपक गिरी ले बताए ।गाँजा फ्याँकेर फरार भएका व्याक्तिहरुको परिचय खुल्न नसकेको भएपनि उनिहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक गिरीले जानकारी दिए ।

 


सम्बन्धित समाचार