Logo

५ असार, वीरगञ्ज । नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको हो ।

२०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो ।

नेपालका लागि भीम सार्कीले सम्हालेर खेललाई अगाडि बढाएका थिए । यस्तै, बलिङतर्फ करण केसीले आक्रमक खेल खेले । उनले चार विकेट लिए । भीम सार्कीले अर्धशतक प्रहार गरे । उनले ११४ बल खेल्दै अविजित ७७ रन बनाए । यस क्रममा उनले सात चौका र एक छक्का प्रहार गरे ।

यस्तै, दिपेन्द्र सिंह ऐरीले अविजित ३९ रन बनाए । उनले पाँच चौका र एक छक्का प्रहार गरे । कप्तान रोहित पौडेल १६ रन, कुशल भुर्तेल ३९ रन र आसिफ शेख १२ रन बनाएर आउट भएका थिए ।

बलिङतर्फ करण केसीले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । गुल्शन झाले तीन विकेट लिए । उनले १० ओभरमा ५२ रन खर्चेर कूल ३ विकेट लिएका हुन् । ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए । अमेरिकाका लागि ओपनर सुशान्त मोदानीले ४२ रन बनाए । उनले ७१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । गजानन्द सिंह २६ रनमा आउट भए ।


सम्बन्धित समाचार