Logo

१४ असार, काठमाडौँ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्रकर्मी कल्याणकारी कोषलाई अमेरिकामा बस्ने नारायण अधिकारीले आर्थिक सहयोग गरेका छन्।

बुधबार बोर्डको कार्यालयमा पुगि उनले १ लाख पाँच हजार रूपैयाँ सहयोग गरेका हुन्। उनले नेपाली फिल्मको शुभचिन्तक रहेको बताउँदै भने, ‘मैले एउटै नेपाली फिल्म पनि पटक पटक हेर्ने गरेको छु। नेपाली चलचित्रकर्मीको सहायता स्वरूप कल्याणकारी कोषमा थप सहयोग जुटाउन सक्रिय रहने छु।’

सहयोग प्रदान कार्यक्रमममा बोर्ड अध्यक्ष भुवन केसी, कोषकी संयोजक बसुन्धरा भुषाल, बोर्ड सदस्यहरू केएल बुढाथोकी, राजु केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र द्वन्द्व संघका अध्यक्ष नारायण प्रधान, निर्देशक पुर्णेन्दु झालगायतको उपस्थिति थियो।


सम्बन्धित समाचार