Logo

१६ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक अतिक्रमित जग्गामा बनाईएका संरचना हटाउने कार्यलाई आजपनि निरन्तरता दिएको छ । महानगरपालिकाले आज मुख्य नाला अतिक्रमण गरी आदर्शनगरस्थित पूर्वमा रहेको राष्ट्रिय वाणिज्य बैँकको पर्खालमा डोजर चलाएको हो ।

बैँकले निर्माण गरेको करीब २३ फिट पर्खाल महानगरले डोजर लगाएर भत्काएको हो । सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन पटकपटक आग्रह गर्दा समेत नहटाएपछि महानगर आफैँले जग्गा अतिक्रमण मुक्त बनाउन सुरु गरेको छ ।

लामोसमयदेखि बैँक आफैले जग्गा खाली गराउने प्रतिवद्धता व्यक्त गर्दै आएपनि उक्त कामको बेवास्ता गरेपछि नगरप्रमुख राजेशमाज सिंहको निर्देशनमै उक्त स्थानमा डोजर चलाईएको सरसफाई शाखाका अधिकृत सरफुद्धिन मिँयाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार