Logo

१८ असार, विरगंज। कार्तिक आर्यन र कियारा आडवाणी अभिनित फिल्म ‘सत्यप्रेम की कथा’ लाई दर्शकले निकै रुचाइरहेका छन् र योसँगै फिल्मले राम्रो व्यापार गरिरहेको छ ।

बिहीबार रिलिज भएको फिल्मले पहिलो दिन ९.५ कराेड भारूकाे कमाइ गरेकाे थियाे । त्यस्तै दास्रोदिन (शुक्रबार) सात र तेस्रो दिन (शनिबार) १०.१० करोड भारू कलेक्सन गरेकाे थियाे । आइतवार भने फिल्मको कमाईमा वृद्धि भइ १२ करोड भारु पुगेको हो। योसँगै फिल्मको जम्मा कमाई ३८ करोड ३५ लाख पुगेको छ ।

कार्तिक आर्यन र कियारा आडवाणीको फिल्म ‘सत्यप्रेम की कथा’ कमाईको मामिलामा अगारी बढ्दै छ । यदि फिल्मले यही गतिमा नोट छाप्ने क्रम जारी राख्यो भने ‘भूल भुलैया २’ पछि कार्तिक–कियाराको दोस्रो हिट फिल्म हुनेछ ।

यसअघि कार्तिकको ‘शेहजादा’ ले बक्स अफिसमा खासै कमाई गर्न सकेन । कार्तिकलाई हाल यस फिल्मबाट धेरै आशा छ । विवाहपछि कियाराको यो पहिलो फिल्म हो ।


सम्बन्धित समाचार