Logo

१८ असार,वीरगञ्ज । आज देशभरको मौसम आंशिकदेखि साामान्य बदली रहने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

यस्तै, राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक÷/ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको छ । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज र भोलि लगातारको झरी पर्ने सम्भावना छैन । तर, पानी पर्ने र रोकिने क्रम भने चलिरहने छ । यता बिहानैदेखि पर्साको वीरगञ्जमा पनि पानी परिरहेको छ । लगातार परेको पानीले वीरगञ्जको केहि मुख्य तथा सहायक सडकहरु जलमग्न भएका छन् ।


सम्बन्धित समाचार