Logo

रणवीर सिंह, आलिया भट्ट अभिनित भारतीय फिल्म ‘रकी और रानी की प्रेम कहानी’को ट्रेलर सार्वजनिक गरिएको छ।

मंगलबार धर्मा प्रोडक्सन युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा रणवीरलाई सामान्य परिवार छोरा र आलियालाई राज परिवारकी छोरीको रूपमा प्रस्तुत गरिएको छ। फिल्ममा रकी र रानीको प्रेम जीवनमा आउने उतार-चढाबलाई देखाइनेछ।

करण जोहरले निर्देशन गरेको फिल्ममा रणवीरआलियासँगै धर्मेन्द्र, जया बच्चनशबाना आजमीको मुख्य भूमिका छ। यस फिल्ममार्फत करणले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्। हिरोयश जोहर, करण जोहर र अपूर्भा मेहताको लगानी रहेको फिल्मको कथा इशिता मौत्रा, शशांक खेतान र सुमित रायले मिलेर लेखेका हुन्।

यो फिल्म जुलाई २८ अर्थात साउन १२ गतेदेखि प्रदर्शन हुनेछ।


Rocky Aur Rani Kii Prem Kahaani


सम्बन्धित समाचार