Logo

२३ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उप–मेयर इम्तियाज आलमले वीरगञ्जमा भइरहेको विकास निर्माणको अनुगमन तथा जनगुनासो सुन्नका लागि बिहानको समयको सदुपयोग गर्न सुरु गर्नुभएको छ ।

उप–मेयर आलम सम्बन्धित शाखाका कर्मचारी र सचिवालयको टिमसहित हरेक बिहान अनुगमनमा निस्कने गर्नुभएको हो ।

 

वीरगञ्ज महानगरले वीरगञ्जलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी राखेको सन्दर्भमा उप–मेयर आलमले आज महानगरपालिकाको वडा नं २६ मा बिकास कार्यको अनुगमन गर्नुभएको थियो ।

स्थलगत अनुगमनको क्रममा निर्माण कार्य गरिरहेका ठेकेदार कम्पनीलाई निर्देशन दिदै उहाँले निर्माण भइरहेको सडक, भवनको सहि तरिकाले काम गर्न निर्देशन दिनुभएको हो । निर्माण कार्य कुनै पनि बहानामा कसैले रोक्न नहुने तथा समय मै सम्पन्न गर्नुपर्ने उप–मेयर आलमको भनाई थियो । अनुगमनको क्रममा महानगरपालिकाका कर्मचारी, स्थानिय जनप्रतिनिधि लगायतको पनि सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार