Logo

२४ असार,वीरगञ्ज । पर्साका तीनवटा पत्रकार संगठनले महासंघको सदस्यता शुद्धिकरणको वैधानिकतामाथि प्रश्न उठाएका छन् । नेपाल महासंघले देशभर पत्रकारहरुको शुद्धिकरण, नविकरण र नयाँ सदस्यता सम्बन्धी मापदण्ड निर्धारण गरेर महासंघका शाखा तथा प्रदेशहरुलाई समयमा सदस्यताको टुंगो लगाउन भनिएपनि पत्रकार महासंघ पर्सा शाखाले गरेको शुद्धिकरण र नविकरणमा बदनियत राखेर शुद्धिकरण गरेको भन्दै त्यसको वैधानिकतामाथि प्रश्न उठाएका हुन् ।

नेपाल प्रेस युनियन, प्रेस सेण्टर नेपाल र समाजवादी प्रेस संगठनले पत्रकार महासंघ पर्सा शाखाले गरेको शुद्धिकरणको वैधानिकतामाथि प्रश्न गर्दै संयुक्त रुपमा नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

युनियनका पर्सा अध्यक्ष विजय चौहान, सेण्टरका पर्सा अध्यक्ष दीपक गौतम र समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलले संयुक्त हरुमा हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र आज नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका महासचिव श्याम बञ्जारालाई बुझाएका हुन् ।

साथै तीनवटै संगठनले पत्रकार महासंघ पर्साले गरेको निर्णय आधिकारिक रुपमा सार्वजनिक नभई व्यक्तिले कुनै अमुक सूचना मार्फत सार्वजनिक गरेको प्रतिपनि गम्भीर ध्यानकर्षण भएको जनाउदै कारवाहीको माग गरेको छ ।

उनीहरुले पत्रकार महासंघ पर्साले गरेको सांगठनिक निर्णयको संस्थागत रुपमा जानकारी हुनुपर्ने वा सार्वजनिक गर्नुपर्नेमा संगठनको गोपनीयता नै भंग गर्ने खालको व्यक्ति मार्फत बैठकको निर्णय पुस्तिकामा भएका निर्णयहरु नै अमुक माध्यमबाट सार्वजनिक हुनुले संस्थाको गोपनीयतामाथि नै गम्भीर प्रश्न उठेको र निर्णय सार्वजनिक

गर्ने अनाधिकृत व्यक्तिको पहिचान गरी कारवाही गर्न माग समेत गरेको छ ।

 


सम्बन्धित समाचार