Logo

२६ असार, काठमाडौँ । लुक्लाबाट काठमाडौंतर्फ आउँदै गरेको मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएपछि सरकारले खोज्नलाई अर्को हेलिकोप्टर पठाएको छ ।

सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोजीका लागि अर्को हेलिकोप्टर पठाएको जानकारी दिएका छन् । ‘मनाङ एयरको हेली लुक्लास्थित सुर्केवाट सम्पर्कविहीन भएपछि हामीले काठमाण्डौबाट अर्को हेली पठाएको छौँ,’ मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

घटनाबारे केही समय पछि सत्य तथ्य जानकारी आउने उनले बताए । अहिले आफूहरुसँग धैर्यताबाहेक केही विकल्प नभएको उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाउन लागिएको छ ।

लामजुरापास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको उनले बताए ।

 


सम्बन्धित समाचार