Logo

३० असार,वीरगञ्ज । घुसहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर दोषी ठहर भएका छन्। घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर सञ्जयकुमार यादवलाई विशेष अदालतले दोषी ठहर गरेको हो।

उनलाई बिशेष अदालतका न्यायाधीश यमुना भट्टराई, शालिग्राम कोईराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रबार दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले २०७९ साल असोज ३१ गते ५ हजार रुपैयाँ घुस रकमसहित जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जय प्रसाद यादवलाई पक्राउ गरेको थियो ।

यादवविरुद्ध अख्तियारले अनुसन्धानपछि २०७९ साल पुस २२ गते बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको थियो।


सम्बन्धित समाचार