Logo

फाइल तस्बिर

१ साउन, वीरगञ्ज । गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन भएको छ ।

२०६३ साल चैत्र ०७ गते भएको गौर हत्याकाण्डमा पीडितले यतिका वर्ष हुँदापनि आजसम्म न्याय नपाएको भन्दै पीडितलाई न्याय दिलाउन माग गर्दै आजपाले आज रौतहटमा प्रदर्शन गरेका छन्।

आजपाका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका अपराधीलाई कारबाही हुनुपर्ने माग गरेका छन् । उनले साउन १५ गतेदेखि पार्टीले अनिश्चित्कालिन रौतहट बन्दको घोषणा गरेको जानकारी दिए । उनले फेशबुकमार्फत भनेका छन्–‘गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउन आज रौतहट जिल्लाको सदरमुकाम गौरमा विशाल प्रदर्शन भएको छ । हजारौंका संख्यामा रहेका प्रदर्शनकारीहरूले हत्याकाण्डका नाइके उपेन्द्र यादवको गिरफ्तारीको माग गर्दै नगर परिक्रमा सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए । गौर हत्याकाण्ड पीडित संघर्ष समितिद्वारा बुझाइएको ज्ञापनपत्रमा संघर्षका विभिन्न कार्यक्रमसहित श्रावण १५ गतेदेखि अनिश्चितकाल रौतहट बन्द गर्ने घोषणा गरेका छन् ।’

उनले उपेन्द्र यादव नेतृत्वको तत्कालीन पार्टी मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरूले ०६३ चैत्र ७ गते  २८ जना निर्दोष माओवादी कार्यकर्ताको निर्मम हत्या गरेको स्मरण गराएका छन् । उनले उक्त हत्याकाण्डका पीडितहरुले जाहेरी दर्ता गराएको डेढ दशकभन्दा बढी हुन लाग्दा समेत प्रहरी प्रशासनले राजनीतिक शक्तिको आडमा मुद्दालाई ओझेलमा पारेको भन्दै पीडितहरु थप आक्रोशित बनेको जनाएका छन् ।

 


सम्बन्धित समाचार