Logo

४ साउन, वीरगञ्ज । पर्साको वीरगञ्जमा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । वीरगञ्जमा आज विहान ६ बजे देखि लाईन काटिएको र भोली पनि सोही समयमा लाईन काटिने नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले जनाएको छ ।

केन्द्र अन्तर्गत पर्ने परवानीपुर सबस्टेसनमा ११ केभिएको फिडरहरुको भीसीभी स्वीचग्यार प्यानलहरु बदलिनु पर्ने भएकोले विहान ६ बजे देखि साँझ ७ बजे सम्म लाईन काटिने भएको हो ।
नेपाल विद्युत प्राधिकरण वीरगञ्जमा वितरण केन्द्रले हिजो एक सुचना जारी गरि जानकारी दिएको हो ।

सुचनामा तोकिएको समय अगावै काम सम्पन्न भए सोही अनुसार विद्युत लाईन संचालन हुने विरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुवेले बताउनुभयो ।

 


सम्बन्धित समाचार