Logo

४ साउन, पचगावाँ,पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं.२ घुसुकपुर बाट काठ तस्करी मुदामा फरार रहेका एक जना पक्राउ परेका छन् ।

सव डिभिजन वन कार्यालत रंगपुरटाडीका जमदार अर्जुन चौधरीले नेतृत्व खटिएको बन गस्ती टोलीले फरार रहदै आएका भिखारी माझीलाई आज विहान उनको घर बाट पक्राउ गरेको छ ।

विगत ३ महिना देखी फरार रहेका भिखारी माझीलाई वन फडानी र सालको अबैध काठ चोरी तस्करी गरेको आरोपमा पक्राउ गरी आवश्य कारवाहीको लागी डिभिजन वन कार्यालय पर्सामा पठाईएको सव डिभिजन वन कार्यालत रंगपुरटाडीका रेन्जर कपिलदेव यादवले बताए ।


सम्बन्धित समाचार