Logo

१० साउन,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद अवरुद्ध गरेको छ । सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै एमालेले संसद अवरुद्ध गरेको हो । एमालेले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठकको सबै कार्यक्रम सुचिबाट हटाउँदै संसद स्थगित गरेका छन् ।

अर्को बैठक साउन १५ गते दिउसो एक बजे बस्ने उनले बताए ।बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले सुन प्रकरण गम्भीर भएर छानविन गर्नुपर्ने र यसका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका हुन् ।

उनले मन्त्रीहरुको सेटिङमा नै क्वीन्टलका क्वीन्टल सुन तस्कर भएको आरोप लगाए । भन्सारबाट निरन्तर रुपमा सुन तस्करी भइरहेको भन्दै उनले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । उहाले यसअघि सुन तस्करीमा कृष्ण बहादुर महराको नाम आउदा समेत छानविन अघि नबढाएको जिकिर गरे ।


सम्बन्धित समाचार