Logo

११ साउन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढीको विद्युतीय सामान तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार राती १०ः१५ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकबाट ना.३ ख. ५६७१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएका हो ।

वीरगन्ज पथलैया सडकखण्ड स्थित गण्डकमा ना.३ ख. ५६७१ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको पाईएको र विल बिजक पनि संकास्पद देखिएकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएको ट्रक र सामान सहितको मूल्य ५५ लाख ८५ हजार ५८१ बराबरको मूल्यांकन गरी ट्रक र ट्रकमा लोड रहेको समानहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।


सम्बन्धित समाचार