Logo

१४ साउन, काठमाडौं । ठमेलमा सञ्चालित होटल भियनामा राजस्व अनुसन्धान विभागको टोलीले शनिबार छापा मारेको छ।त्यस होटललाई प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहले काठमाडौंमा काम गरिरहेको सूचना पाएपछि विभागले छापा मारेको हो।

त्यस क्रममा दावा छिरिङलाई विभागले पक्राउ पनि गरेको छ। उनी बेल्जियमका नागरिक रहेको खुलेको छ। तर, नेपालबाट बेल्जियम पुगेर उनले त्यहीँको पासपोर्ट बनाई भिजिट भिषामा नेपाल आएको अनुन्धान गरिरहेका राजस्व विभागका एक अधिकृतले जानकारी दिए ।

‘तिब्बतीयन मूलका दावाले सुरुमा नेपाली नागरिकता लिएका रहेछन्,’ ती अधिकृतले भने, ‘पछि बेल्जियम पुगेर त्यहीँको पासपोर्ट बनाई एनआरएनए बनेका रहेछ। उनी फेरि भिजिट भिषामा नेपाल आएको देखिइएको छ ।‘शनिबार बेलुका नै होटलमा छापा मारेर त्यहाँको कागजात र उनलाई पक्राउ गरिएको हो, अहिलदे अनुसन्धान जारी छ ।


सम्बन्धित समाचार