Logo

काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष एंव उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादी पार्टीका नेता कार्यकर्ताको संंलग्नता देखिए कार्वाही गर्ने चेतावनी दिएका छन् ।

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै यदि प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताएका हुन् ।

‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको छ । यस्तोमा जोसुकै होस् चाहे हाम्रै पार्टीका नेता कार्यकर्ता नै किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ’, श्रेष्ठको भनाइ छ ।

सुन तस्करी प्रकरणमा माओवादी नेता कार्यकर्ताकै संलग्नता रहेको भनेर प्रचार भइरहेपछि मन्त्री श्रेष्ठले यस्तो बनाएका हुन् । छानविन प्रकृया निष्पक्ष रुपमा भइरहेको र यसमा संलग्न भेटीएका सवैलाई कानूनको कठघरामा ल्याउने मन्त्री श्रेष्ठको भनाई छ ।

उनले सरकारको कामले जनतामा नयाँ आशा–उत्साह ल्याएको उल्लेख गर्दै जनताको आशालाई पार्टी संगठनमा रूपान्तरण गर्नुपर्ने बताए। उनले रूपान्तरणसहित पार्टीलाई पुनर्निर्माण गर्नुपर्नेमा जोड दिए।

सदस्यले पार्टीको पुनर्निर्माण, पार्टीको कार्यशैली, संगठनको प्रभावकारिता र सरकारका कामकारबाहीबारे धारणा राखेका छन्। बुधबारदेखि सुरु भएको बैठकमा नेताहरूका लागि धारणा राख्न पाँच–पाँच मिनेटको समय छुट्याइएको छ।


सम्बन्धित समाचार