Logo

फाइल तस्बिर

२२साउन,वीरगञ्ज । पर्साबाट प्रतिबन्धित लागूऔषध सहित ४ सय ३७ जना पक्राउ परेका छन् । पर्सा प्रहरीले उपलब्ध गराएको वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष ०७९/८० को एक वर्षको अवधिमा ४ सय २३ पुरुष र १४ जना महिला गरि जम्मा ४ सय ३७ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल बिक्रम शाहका अनुसार प्रहरीले उक्त समयको अवधिमा गाँजा १ हजार १ सय ६५ किलो, चरेश १ सय १४ किलो, हेरोईन ७८.५ ग्राम, फेनारगन ७ हजार ४ सय ८९ पिस बरामद गरेको छ ।

त्यस्तै प्रहरीले डाईजिल्याब १० हजार ४ सय ८९ पिस, नुर्फिन ८ हजार ८ सय ४०, नाइट्राभेट ट्याब्लेट २७ हजार ७ सय ४३ पिस र कोरेक्स ४ हजार ५ सय ६८ बोतल १ सय (एमएल) बरामद गरेको शाहले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार