Logo

२२साउन,वीरगञ्ज । बारा प्रहरीले ठुलो परिमाणमा अवैध लागूऔषध गाँजा सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । गाँजाको कारोबार भई पिकअप र स्कार्पियोमा लोड गरिएको सूचना पाएको प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जको जंगलबाट १ सय ५७ किलो गाँजा, ढुवानीमा प्रयोग गर्न लागिएको सवारी साधन सहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्करर्पियो चालक मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–१ का रोशन नेगी, भिमफेदी गाउँपालिका–९ का मुकेश लामा, बारा जिल्ला जीतपुरसिमरा उपमहानगरपालिका–२२ का बुद्ध पाख्रीन, भारत बहराईनका अलि अहमद भाट, मोतिहारीका जमालुदिन खान, देव कुमार र जागिरदिन मिया रहेको आज आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार कारोबारी सहित ढुवानीका साधन भारतीय नम्बर प्लेटको पिक अप भ्यान, नेपाली नम्बर प्लेटको स्कार्पियो बरामद भएको छ । करोबरीहरुले पिकअप र स्कार्पियोमा लोड गरी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा, बाराका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर छेत्रीको कमान्डमा खटेको सुरक्षाकर्मीहरुको टोलीले सोमबार बिहान १ बजे तिर कारोबारी, गाँजा सहित ढुवानीको साधन बरामद गरेको हो ।


सम्बन्धित समाचार