Logo

२२ साउन,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलीका सामानहरु बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रिपुर प्रहरी टोलीले ८ लाख भन्दा वढिको मालसमान प्रक्राउ गरेको हो।

प्रहरीले ग्रिज १ काटुन, मोबिल १२ पिस चिनी २० किलो दरी १ थान गरी १ लाख १० हजार २ सय त्यासै गरी टेप्सा धाराको नल २ सय २० पिस, धारा सेट ४४ पिस र कपडालता गरी ७ लाख ५० हजार बराबरको मालसामान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

बरामद गरीएको मालसामान आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाईएको गिरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार