२३ साउन,वीरगञ्ज । पर्सामा बैंकिङ कसुर सम्बन्धि मुद्दामा ह्वात्तै वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तीन वर्षको प्रगति विवरण अनुसार पर्सा जिल्लामा गत आर्थिक वर्षमा बैंकिङ कसुर सम्बन्धि मुद्दामा ह्वात्तै वृद्धि भएको हो ।
पर्सा प्रहरीले दिएको विवरण अनुसार गत आर्थिक ०७९/८० मा ६ सय २ वटा बैंकिङ कसुरका उजुरी जिल्लामा परेको छ । जसमध्ये ५ सय २० वटा मुद्दा फच्र्छौट गरिएको छ । त्यस्तै ८२ वटा मुद्दा अझै अनुसन्धान हुदैँ छ ।
अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा कार्यालयमा जम्मा ७२ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएको विवरणमा उल्लेख छ । यस्तै, आव ०७८/७९ मा यो सङख्या बढेर ३ सय ८४ वटा पुगेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
गत आवमा बैंकिङ कसुर सम्बन्धि मुद्दामा वृद्धि भएको पर्साका प्रहरी उपरीक्षक एसपी कोमल बिक्रम शाहले जानकारी दिनुभयो । पर्सा प्रहरीमा दर्ता भएका विभिन्न शिर्षकका २ हजार २ सय ७२ मुद्दामध्ये अधिकांश मुद्दा बैंकिङ कसुरका रहेकोले कुल मुद्दाको सङख्या पनि बढी देखिएको शाहले बताउनुभयो ।

















