Logo

२७साउन,वीरगञ्ज । रौतहटका दुई जना युवक सिन्धुलीबाट गाँजासहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गाडी चालक रौतहट राजदेवी नगरपालिका ७ बस्ने २२ को विकासप्रसाद यादव र सोही गाडीका यात्रु रौतहट गौरनगरपालिका ५ बस्ने २४ वर्षीय अभयकुमार गुप्ता रहेका छन् ।

इलाका प्रहरी कार्यालय भिमानले १३४ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको हो । चेकजाँचको क्रममा काठ्माण्डौंबाट रौतहटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको विआर ०६ पिए ६१६४ नम्बरको बोलेरो गाडीमा लुकाएर ल्याइएको गाँजा र बोलेरसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार