Logo

२७साउन,वीरगञ्ज । पर्साबाट लागुऔषध सहित तीन जना भारतिय नागरिक पक्राउ परेका छन् । भारत बिहार जिल्ला मोतिहारी ग्राम रामगढवा बस्ने ४० वर्षीय हेमताज आलम, २० वर्षीय अजित कुमार मलाह र इमतिहान आलम पक्राउ परेका छन् ।

वीरगञ्ज– १६ रजतजयन्ती चोकस्थित प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको नियमित प्रहरीको चेकिंङ टोलीले चेकजाँच गरेको थियो । सोही क्रममा भारतबाट वीरगञ्जतर्फ शंकास्पद रुपले आउदैँ गरेका उनीहरुको साथबाट शरिरमा बेरेर ल्याएको अवस्थामा प्रतिबन्धित लागुऔषध फेनारगन फेला परेको प्रहरीको आरोप छ ।

प्रहरीले हेमताजको साथबाट ४८० एम्पुल, अजितबाट ४७९ एम्पुल र इमतिहान ४७९ एम्पुल गरि जम्मा १ हजार चार सय ३८ एम्पुल बरामद गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

उनीहरु विरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको डिएसपी गिरीले बताउनुभयो ।


सम्बन्धित समाचार