Logo

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर जोखेको छ। सुनको तौल ६० केजी ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

‘ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो, ६० केजी ७८९ ग्राम रहेको छ’, उनले भने, ‘गालेर जोख्न बाँकी छ। भोलि साढे १० बजेदेखि जोख्न सुरू हुन्छ।’ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रेक शुबाट सुन निकालिएको थियो।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो। उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार