Logo

२९ साउन, वीरगञ्ज । सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति नबनाउने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।

नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । तर गठबन्धनको बैठकले तत्काल उच्चस्तरीय समिति गठन गर्नुपर्ने आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेको र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको अनुसन्धानमा अवरोध पु¥याउनु भएको गठबन्धनको ठहर रहेको बताए ।

गठबन्धनको बैठकमा ललिता निवासको जग्गा प्रकरणमा सर्वोच्चको आदेश, गौर हत्याकाण्डका पीडितसँग भएको सम्झौता र संसद् अवरोधबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा सहभागी नेताहरूले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नचाहिने बताएका थिए। एमालेले अनुसन्धान डाइभर्ट गर्नमात्रै यो मुद्दा उठाएको गठबन्धनका नेताहरुको निष्कर्ष छ।

‘सुनकाण्डको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक छैन, यो बनाइयो भने बन्दै गरेकोमा डिरेल हुन्छ,’ बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने।

सिआईबीले अनुसन्धान अघि बढाएको भन्दै त्यसमा उच्चस्तरीय छानबिन समिति बनाउन नपर्ने गठबन्धनले निर्णय गरेको छ।


सम्बन्धित समाचार