Logo

१२ भदौ,वीरगञ्ज । वीरगञ्जबाट प्रकाशित हुँदै आएका साप्ताहिक पत्रिका मध्य नेपाल सन्देशले सात वर्षको यात्रा पुरा गरेको अवसरमा आज वार्षिक उत्सव तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

वार्षिक उत्सव तथा सम्मान कार्यक्रम वीरगञ्जको होटल क्लासिक बंक्वैटमा जारी रहेको मध्य नेपाल सन्देशकी सम्पादक कबिता खड्काले बताउनुभयो । बर्षिकोत्सवको प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उदघाटन गर्नुभएको हो ।

पत्रिकाकी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुवोध गुप्ता, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेकपा एमाले पर्साका संयोजक डा.विश्वम्भर शर्मा, जसपा पर्साका सचिव तवरेज अहमद लगायतले शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा पत्रकार सुदर्शनराज पाण्डे, सारदा पोखरेललाई सम्मान गरिएको छ । त्यस्तै चित्रकलातर्फ अजमद अलि र साहित्यतर्फ स्व.उमाशंकर द्विवेदीकी पत्नी लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।


सम्बन्धित समाचार