Logo

१३ भदौ,वीरगञ्ज । रोजगारीका लागि भारत हिंडेका ठोरीका एक युवाको भारतमा शव फेला परेको छ । ठोरी गापा –५, ठुलो बाघमोर्चाका माईला भनिने सुपसिंह लोप्चन सोमबार नै मृत अवस्थामा फेला परेको ठोरी –५ का वडाध्यक्ष अस्ट बहादुर लोप्चनले जानकारी दिनुभयो ।

४३ वर्षीय लोप्चन भारतको केरला राज्यमा यसअघि पनि रोजगारीका लागि आउजाउ गरिरहन्थे । गएको बिहिबार गाउँकै आफन्तलाई साथमा लिएर केरला हिँडेका लोप्चनको बाटोमा नै मृत्यु भएको हो । भारतको तामिलनाडु ,जोलार पट्टी रेल्वे स्टेशन नजिकै उनको शब फेला परेको वडाध्यक्ष लोप्चनले बताउनुभयो ।

मृतकको शवलाई नेपाल ल्याउन २ लाख रुपैंया भन्दा धेरै रकम खर्च हुने भएपनि परिवारले नै नेपाल ल्याउन इच्छा गरेकोले शवलाई नेपाल ल्याउन लागिएको वडाध्यक्ष लोप्चनले जानकारी दिनुभयो । उनको मृत्युको कारण भने खुलेको छैन ।

 


सम्बन्धित समाचार