Logo

१३ भदौ,काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो। उनलाई काठमाडौंबाटै पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी कुवेर कडायतले बताए।

भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा महराका बाबुछोरा नै मुछिएका छन्। सोही प्रकरणको अनुसन्धानका लागि उनी पक्राउ परेका हुन्।

गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग बुबाछोराकै पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुले पनि उनीहरुबिरुद्ध मुद्दा चलेको थिएन।


सम्बन्धित समाचार