Logo

१३ भदौ,महोत्तरी । महोत्तरी प्रहरीले स्रोत नखुलेको २५ लाखभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य जिल्ला सितामढी ग्रामपंचायत बेला मचपकौनी बस्ने ३७ वर्षीय विनय साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मनराशिस्वा नगरपालिका ३ स्थित सुनौल ग्रामिण सडकखण्डमा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी ईटहर्वाकट्टीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा साहलाई २५ लाख १० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

साहले चलाई आउँदै गरेको बिआर ३० एस ८५८९ नम्बरको मोटरसाईकलको सिट मुनि लुकाई छिपाई राखेकोको अवस्थामा रकम बरामद गरिएको हो ।

बरामद गरिएको रकमसहित पुरुषलाई आवश्यक कारवाहीका लागि जलेश्वगर भन्सार कार्यालय मलिवारा पठाउने प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार