Logo

 

जनकपुर, भदौ १५ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका पदावधि सकिएलगत्तै नेपाल रेल्वे सेवा सञ्चालनमा समस्या उत्पन्न हुने भएको छ ।

महाप्रबन्धक झाको पदावधि सकिएपछि नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक पद रिक्त रहेको छ । निरञ्जन झाको पदावधि भदौँ २ गते नै सकिएपछि आर्थिक गतिविधि नहुँदा समस्या उत्पन्न भएको हो ।

बिजलपुरा–जनकपुरधाम–जयनगर रेल्वे सेवा सञ्चालनका लागि रेलमा हालिँदै आएको डिजेलको रकमको भुक्तानीसमेत रोकिन पुगेको छ । रेल्वे कम्पनीका लागि आर्थिक अधिकार महाप्रबन्धकालाई नै दिने व्यवस्था गरिएको छ ।

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले महाप्रबन्धक पदका लागि नियुक्ति प्रक्रिया अघि नबढाउँदा रेल्वे कम्पनीको दैनिक कामकाज प्रभावित भएको छ । तेलको आर्थिक दायित्व भुक्तानी महाप्रबन्धकलाई नै रेल्वे सेवा नै रोकिन सक्ने अवस्थामा आएको दावी रेल्वे कर्मचारीको भनाइ छ ।

जनकपुरधाम स्थित भी आयल स्टोर पम्पबाट रेल्वे कम्पनीले रेलका लागि तेल खरिद गर्दै आएपनि बाँकी बक्यौता भुक्तानी नभएमा भदौँ १६ देखि तेल नदिने भन्दै रेल्वे कम्पनीलाई पत्राचार गरेको छ । सो पत्रचारसँगै रेल्वे समस्यामा कठिनाइ उत्पन्न भएको भन्दै रेल्वे कर्मचारीहरु चिन्तित छन् ।

भी आयल स्टोरले गत भदाँै ६ गते २० लाख ९५ हजार ६४१ रुपैयाँ भुक्तानी नभएको भन्दै १५ भदाँैसम्ममा भुक्तानी नभएमा इन्धन उपलब्ध नगराउने जानकारीसहितको पत्रचार गरिएको थियो ।

रकम भुक्तानी नहुँदा रेल्वे सेवा सञ्चालन बन्द हुने अवस्थामा पुगेको छ ।

यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले रेल्वे सेवाको इन्धनको भुक्तानी बारे आफुलाई जानकारी नभएको भन्दै यसका लागि कम्पनीलाई नै थाहा हुनसक्ने बताए ।


सम्बन्धित समाचार