Logo

१७ भदौ,भरतपुर । चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एकको मृत्यु भएको छ ।

जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय कृषक शिवनारायण महतोका २६ वर्षीय छोरा धीरन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिए ।

उनका अनुसार विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएका धीरनलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको यो ।

“त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको थियो”, रिजालले भने, “महतोलाई भरतपुर अस्पतालमा पुर्‍याएपछि  चिकित्सकले मृत घोषणा गरेका थिए ।” उनका अनुसार शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
माडीमा चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जङ्गली जनावरले माडीका बासिन्दालाई पटकपटक दुःख दिने गरेको स्थानीय बताउँछन् । रासस


सम्बन्धित समाचार