Logo

फाइल तस्बिर

१८ भदौ,सेढवा । पर्सामा समसान घाटमा जलाउनको लगिएको एक जना महिलाको शव नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सेढवाले गएराती साढे ९ बजेको समयमा प्रहरीले जलाउन तयार पारिएको महिलाको शव घाटबाटै नियन्त्रणमा लिएको हो ।

जिराभवानी गाँउपालिका वडा २ सेढवास्थित मुसहरवस्तीकी ६० बर्षिय बतही देवी मुसहरिनको शव नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मुसहरिनले पासो लगाई आत्महत्या गरेको र गोप्य तरिकाबाट उनको दाहसस्ंकार गर्न लागिएको सूचना पाएपछि शव नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरिक्षक नन्दकिशोर साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाटमा पुग्दा मलामी लिएर गएकाहरु प्रहरीलाई देख्नासाथ फरार भएका थिए । शवलाई पोष्टमाटर्मका लागि नारायणी अस्पतालमा पठाइएको साहले बताउनुभयो ।


सम्बन्धित समाचार