Logo

१८ भदौ,काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन जोड्यो ।

नेपालको पालीमा आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८ र दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए । गुल्सन झाले पनि २३ रन जोडे ।

नेपालले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गरेको थियो । त्यसपछि १०१/४ को अवस्थामा पुगेको नेपाललाई आसिफ, गुल्सन, दीपेन्द्र र सोमपालले उद्धार गरेका हुन् । सोमपालले सातौं विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५० र आठौं विकेटका लागि सन्दीप लामिछानेसँग ३४ रनको साझेदारी गरे ।
नेपालले २२८ रन जोड्दा आठौं विकेटका रुपमा सोमपाललाई गुमाएको थियो । त्यसपछि थप दुई रनमा बाँकी २ विकेट पनि गुमायाे ।
सोमपालले ५६ बलमा २ छक्का र एक चौका प्रहार गरे ।
आसिफले ९७ बलमा ८ चौका र कुशल भुर्तेलले २५ बलमा २ छक्का र २ चौका प्रहार गरेका थिए । भारतका मोहम्मद सिराज र रवीन्द्र जडेजाले ३/३ विकेट लिए । मोहम्मद सामी, हार्दिक पान्ड्या र सार्दुल ठाकुरले एकएक विकेट हात पारे ।


सम्बन्धित समाचार