Logo

१९ भदौ,जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको सम्पन्न भएको विस्तारित बैठकको निर्णय सार्वजनिक गरेको छ ।
मंगलबार जनकपुरधाममा लोसपा नेपालका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पत्रकार सम्मेलनबाट तत्काल संघीय प्रहरी ऐन कार्यान्वयन गर्न संघीय सरकारलाई दवाव दिएको छ ।

प्रतिनिधिसभाबाट संघीय प्रहरी ऐन पारित भई राष्ट्रपतिबाट प्रमाणिकरणसमेत भईसकेको लामो समय भए पनि प्रदेश सरकारसँग प्रदेश प्रहरी समन्वयका लागि संघीय सरकारले चासो नदेखाउनु दुःखद रहेको उनको भनाइ छ ।

मधेश सरकारका पूर्वमन्त्रीसमेत रहेका लोसपाका प्रदेश अध्यक्ष सोनलले संघीय सरकराले प्रदेश सरकारलाई प्रदेशमा शान्ति सुरक्षाको दायित्वबाट वञ्चित गर्दै संघीयतालाई संस्थागतमा समस्या उत्पन्न भएको उनले बताए ।

उनले संविधानको अनुसुची ६ को धारा १ मा प्रदेशको सरकारलाई शान्ति सुरक्षाको अधिकार दिएको छ । संघीयताको कार्यान्वयन तथा संघीयता थप संस्थागत गर्नका लागि प्रहरी समन्वय सम्बन्धी ऐन तत्कालै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

लोसपा मधेश प्रदेश बैठकबाट लोसपालाई सांगठनिक सुदृढिकरणका लागि जिल्ला, पालिका, वडा तथा बुथस्तरसम्ममा आन्तरिक संगठन कमिटीको गतिविधिको समिक्षा गर्दै सुधार गर्ने, आमाको नाममा सन्तानलाई नागरिकताबाट बञ्चित हुनुपरेकाले तत्कालै ऐन कानुनको नियमावली संशोधन गरि आमाको नामबाट नागरिकता दिनका लागि सरकारसँग माग गरेका छन् ।

त्यस्तै चुरे संरक्षणका लागि संघीय सरकारले ठोस पहलकदमी लिई खानेपानी तथा मधेशको हरेक खेतमा पानीको व्यवस्थापनका लागि सिचाइ प्रति गम्भिर हुन आग्रह सरकारलाई आग्रह गरिएको प्रदेश अध्यक्ष सोनलले बताए ।


सम्बन्धित समाचार