Logo

१९ भदौ,बारा । बाराको मुख्य भन्सार ‘सिम्रौनगढ छोटी भन्सार कार्यालय’को राजस्व शून्यमा झरेको छ । छिमेकी मुलुक भारतबाट दैनिक लाखौँ रुपैयाँको अवैध सामान भित्रिने बाराको सिम्रौनगढस्थित राजस्व असारदेखि शून्यमा झरेको देखिएको हो ।

चालु आर्थिक वर्षको साउन महिनामा ७२१ रुपैयाँ दाखिला भए पनि भदौ महिनाको १७ गतेसम्म राजस्व सङ्कलन पनि शून्य रहेको छ । जबकि सो भन्सार कार्यालयको यस अघि गत आर्थिक वर्षको फागुन महिनामा मात्रै १ लाख ९ हजार ७५६ रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने चैत महिनामा १६ हजार ७८४ राजस्व सङ्कलन भएको थियो ।

कोभिड–१९ पछि पूर्ण रूपमा बन्द रहेका कलैया उपमहानगर–१० को मर्टिहवा भन्सार र सिम्रौनगढ–६ को गोलगञ्जमा रहेको सिम्रौनगढ छोटी भन्सार कार्यालयहरू गत माघ अन्तिम सातादेखि पुनः सञ्चालनमा आएका हुन् ।

सिम्रौनगढ सहित कलैया उपमहानगर–१० मर्टिहवामा रहेको भन्सार कार्यालयमा फागुन महिनामा १ लाख ७४ हजार ६७४ राजस्व सङ्कलन भएकोमा चैतमा ३ लाख ९ हजार १२४, वैशाखमा १ लाख ५३ हजार ७१८, जेठ महिनामा ७६ हजार ६०३ र असार महिनामा ओरालो लागेर ३७ हजार ७४५ रुपैयाँ मात्र राजस्व सङ्कलन भएको थियो ।


सम्बन्धित समाचार