Logo

२० भदौ, माडी चितवन । चर्चित युवा सञ्चारकर्मी एवम् साहित्यकार महावीर विश्वकर्मालाई मरणोपरान्त हिरामती देवकोटा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

दिवाकर संचार केन्द्रद्वारा सञ्चालित सामुदायिक रेडियो माडी १०७.६ मेगाहर्जको १३ औं वार्षिकोत्सव समारोहको अवसरमा आज बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिवंगत विश्वकर्मालाई हिरामती देवकोटा स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुभएको हो ।

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वर्गीय विश्वकर्माका भाईलाई उक्त सम्मान पत्र प्रदान गर्नुहुदै

स्वर्गीय विश्वकर्माले बहकिने मन नामक रेडियो साहित्यिक कार्यक्रममार्फत रेडियो माडीको नाम र काम देशभरका रेडियोसम्म पु¥याउन महत्वपूर्ण सहयोग गर्नु भएको थियो ।

चितवनको माडीमा जन्मभई हाल वीरगञ्जलाई कर्मथलो बनाउनु भएका सामुदायिक रेडियो प्रचारक संघ (अकोराव) का निवर्तमान महासचिव एवम् नारायणी एफ एम वीरगञ्जका कार्यकारी निर्देशक गोविन्द देवकोटाले आफ्नी आमाको स्मृतिमा रेडियो माडीमा अक्षयकोष स्थापना गरी हरेक वर्ष हिरामती देवकोटा स्मृति पत्रकारिता पुरस्कारमार्फत पत्रकारहरुलाई सम्मान गर्ने व्यवस्था मिलाउनुभएको छ ।

सञ्चार उद्यमी देवकोटाले आमाको नाउँमा स्थापना गरेको स्वर्गीय हिरामती देवकोटा स्मृती पत्रकारिता पुरस्कार सम्मानबाट यस बर्ष स्वर्गीय पत्रकार महावीर विश्वकर्मालाई मरणोपरान्त प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वर्गीय विश्वकर्माका भाईलाई उक्त सम्मान पत्र प्रदान गर्नु भएको हो ।

आफूलाई पत्रकारिता पेशामा अगाडी बढाउन आमाको महत्वपूर्ण साथ र सहयोग रहेको भन्दै पत्रकार देवकोटाले आमाको अल्पआयुमा निधन भएकोले आमाको नाउँमा सामुदायिक रेडियो माडीमा दुई बर्ष अघि ५० हजार रुपिया रेडियो माडीको कोषमा राख्ने गरी स्वर्गीय हिरामती देवकोटा स्मृती पत्रकारिता पुरस्कार कोषको स्थापना गर्नु भएको थियो । २०११ सालमा पर्वतको बाजुङ्गमा जन्मनु भएकी हिरामती देवकोटाको २०५७ पुष ५ गते ४६ बर्षको उमेरमा निधन भएको थियो ।


सम्बन्धित समाचार