Logo

भदौ २५, काठमाण्डौँ । सन् २००१ मा आजकै दिन ९सेप्टेम्बर ११० मा अमेरिकामा आतंककारी आक्रमण भएको थियो । न्युयोर्कस्थित ट्वीन टावर र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गरिएको आतंकवादी आक्रमणमा करिब तीन हजार मानिसले ज्यान गुमाएका थिए ।

आक्रमणकारीले चार वटा विमान अपहण गरी दुई वटा वर्ल्ड ट्रेड सेन्टरका टावर र अर्को एक अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा ठोक्काएका थिए । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसलाई लक्षित गरिएको चौथो विमान भने पेन्सलभेनियास्थित जंगलमा दुर्घटना भएको थियो ।

अमेरिकाले उक्त आक्रमण अल कायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेन र उनको संगठनले गराएको बताउँदै आएको छ । जसका कारण अमेरिकाले लादेन र अल कायदाविरुद्ध आक्रमण सुरु गरेको थियो । अमेरिकाले २०११ को मेमा लादेनको हत्या गरेको थियो । पाकिस्तानको एबोट्टाबादस्थित घरमा लुकेर बसेका बेला भएको आक्रमणमा परी लादेन मारिएका थिए ।


सम्बन्धित समाचार