Logo

फाइल तस्बिर

२५ भदौ,वीरगञ्ज । तराई/मधेस द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकिएको छ । नेपाली सेनाले जिम्मा लिएको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजना निर्माणको कामको आर्थिक वर्ष २०७९/८० को श्रावण मसान्त सम्मको भौतिक प्रगति २६.१४ प्रतिशत भएको जानकारी गराइएको छ ।

नेपाली सेनाले पत्रकार सम्मेलमार्फत सो सडक आयोजनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । आयोजनाको मोविलाईजेशनसहित वित्तीय प्रगति भने २८.११ प्रतिशत रहेको तराई÷मधेस द्रुतमार्ग सडक आयोजना प्रमुख कमलविक्रम शाहले जानकारी दिए ।

उनले आयोजनाको समष्टिगत कार्य योजना मुताविकका ११ वटा क्लष्टर अन्तर्गतका १३ वटा निर्माण प्याकेजहरु मध्ये १ देखि ७ नम्बर सम्मका प्याकेजहरु निर्माणाधीन अवस्थामा रहेका जानकारी दिए ।


सम्बन्धित समाचार