Logo

२६ भदौ, जनकपुर । मधेश प्रदेशकी सांसद बिन्दु कुमारी यादवको निधन भएको छ ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्यसमेत रहेकी प्रदेश सांसद यादव क्यान्सर रोगका कारण उनको आज बिहान निधन भएको हो ।

उनी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । जसपाबाट उनी समानुपातिक प्रदेश सांसद थिइन् ।

उनी मधेशी जनअधिकार फोरम नेपाल पार्टीको स्थापना कालदेखि सो पार्टीमा क्रियाशिल रहदै आएकी थिइन ।

जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना र मधेशी जनताको अधिकार स्थापित गराउन पार्टीले गरेका हरेक संघर्षमा वहाँले दिनुभएका आफ्ना उल्लेखनीय योगदानको स्मरण गर्दै शोक बक्तव्य जारी गर्नु भएको छ ।


सम्बन्धित समाचार