Logo

२६ भदौ,वीरगञ्ज । नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेपछि बन्द भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको हो ।

बिहान साढे ६ बजेतिर खसेको सुक्खा पहिरो पन्छाएपछि गाडी आवतजावत शुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।


सम्बन्धित समाचार