Logo

२६ भदौ,वीरगञ्ज । मधेस प्रदेश सभा सांसद बिन्दुकुमारी यादवको निधनप्रति मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मुख्यमन्त्री यादवले नेपालमा मधेशी जनताको न्यायपूर्ण र सम्मानजनक स्थान हुनुपर्ने मान्यताका लागि दिवङ्गत यादवले सदैव सङ्घर्ष गर्नुभएकी र उहाँको निधनबाट मधेशले एक जुझारु नेतृ गुमाएको बताउनुभयो ।


सम्बन्धित समाचार