Logo

२६ भदौ, वीरगञ्ज । अवैध मार्गबाट आएको सुन खरिद गरेर भारततर्फ तस्करी गराउदै आएका सुनचाँदी व्यवसायी संघ कलैयाका अध्यक्ष शिवकुमार सरार्फ अवैध भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा समेत सलंग्न रहेको तथ्य खुलेको छ ।

६० किलो सुन तस्करी प्रकर चिनियाँ नागरिकको समूहले हङकङबाट तस्करी गरेर ल्याएको सुन खरिद गरेको देखिएपछि उनलाई कलैयाबाट सिआईवीको टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमा रहेका सुनचाँदी व्यवसायी सरार्फले प्रयोग गरेको मोबाइल लगायतका सामग्रीको जाँचपछि उनले क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

ब्यूरोले भारतमा पक्राउ गरेर टोखाका सुमन खरेललाई काठमाडौं ल्याएको थियो । उनी सुन ओसारपसारमा संलग्न व्यक्ति रहेको प्रहरीको दाबी थियो । खरेलमार्फत सुन प्रकरणमा सर्राफको संलग्नता खुलेको थियो ।

यता प्रहरी नियन्त्रणमा रहेका खरेलको चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचिङसँग सम्बन्ध देखिएको थियो । उनले एलेक्स र हिरासतमा रहेका दावा छिरिङसँग मिलेर सुन भारतसम्म पु¥याउने काम गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

सर्राफविरुद्ध सुन तस्करीसँगै क्रिप्टोकारोबारको कसुरमा पनि मुद्दा चलाउने कि भन्नेबारे छलफल भइरहेको एक अधिकृतले बताए । यो सुन प्रकरणको भुक्तानी समेत क्रिप्टो र हुण्डीमार्फत हुने गरेको खुलेको थियो ।

पुचिङ हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा सक्रिय थिए । राजधानीको विभिन्न ठाउँमा खोलिएको सुन गाल्ने गोदाममा तयार गरिएको ढिक्का खरेलले बोकेर भारत लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।

शिवकुमार सरार्फसँगको साझेदारीमा कारोवार गर्ने वीरगञ्जका सुनचाँदी व्यवसायी भुलन सरार्फलाई भने प्रहरीले नियन्त्रणमा लिएको छैन । भुलन सुनचाँदी व्यवसायी संघ पर्साका अध्यक्ष हुन । उनले पनि अवैध मार्ग भएर आएको सुन खरिद गरेर भारत तर्फ तस्करी गराउने कार्यमा संलग्न थिए ।

राजश्व अनुसन्धान विभागका कर्मचारी र प्रहरीलाई मिलाएको भन्दै भुलनले आफूमाथि प्रहरीले कुनै कार्वाही नगर्ने वीरगञ्जका सुन व्यवसायीलाई बताउन थालेका छन् । उनले आफूले सवै सेटिङ मिलाएकोले शिवकुमारको जस्तो समस्या आफूले जेल्न नपर्ने बताउदै हिडेको एक व्यवसायीले बताए ।

भुलन सरार्फले विभिन्न व्यापारीक र्फम मार्फत सुनचाँदीको कारोवार गर्ने गरेको सुचना प्रहरीसँग छ । वीरगञ्जमा रहेका सुनचाँदी व्यवसायी र उनीहरुको र्फमबाट भएको कारोवारका वारेमा प्रहरीले राष्ट्रबैक मार्फत उनीहरुको बैक खाता चेकजाँच गरिरहेको स्रोतले जनाएको छ ।

सुनचाँदीको कारोवार सिधै बैकबाट हुने भएकोले उनीहरुको बैकको कारोवार र उनीहरुले ग्राहसँग लेनदेन गरेको विल भौचर चेकजाँच गरेमा सुनचाँदीको तस्करी कारोवारीको पहिचान चाडै खुल्ने भएकोले बैकसँग स्टेटमेन्ट लिने काम भइरहेको प्रहरी स्रोतको भनाई छ ।

वीरगञ्जमा भुलन सरार्फले विभिन्न व्यापारी फर्मको नाउँमा आएको सुन समेत आफैले खरिद गरेर भारत तर्फ तस्करी गराउने कार्य गदै आएका छन् । उनका भाई केपी स्वर्णकला केन्द्रका कन्हैया सरार्फको कारोवार शंकास्पद रहेको भन्दै पटक पटक स्थानीय प्रशासन र राजश्व अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।


सम्बन्धित समाचार