Logo

२६ भदौ, वीरगञ्ज । वीरगञ्जबाट सञ्चालित रेसखबर डटकममा वीरगञ्जका उद्योगी व्यवसायी एंव साहित्यकार गणेश लाठ आवद्ध हुनुभएको छ ।

उहाँले आजै देखि रेसखवर डटकमको अतिथि सम्पादकको रुपमा जिम्मेवारी लिनु भएको छ । रेस नेपाल मल्टिमिडिया नेटवर्क प्रालिका अध्यक्ष एंव रेस खबरका प्रधानसम्पादक गोविन्द देवकोटाले टिका र खादा लगाएर साहित्यकार लाठलाई संस्थामा आवद्ध गराउनु भएको थियो ।

उहाँ उद्योग व्यवसायको अलावा समाजसेवा, खेलकुद र सहात्यिको क्षेत्रमा समेत कलम चलाउदै आउनु भएको छ । लाठका साहित्यिक रचना, कबिता तथा आर्थिक मामिलाका लेखहरु बिभिन्न पत्र पत्रिकाहरुमा प्रकाशित हुदै आएका छन ।

उहाँका नेपाली, हिन्दी र अग्रेजी भाषाहरुमा समेत साहित्यिक पुस्तकहरु प्रकाशन भएका छन् । उहाँको प्रथम उपन्यासिक कृति “अनुराधा भवन” नेपाली, हिन्दी र अग्रेजी भाषामा प्रकाशन भएको छ ।

साहित्यकार लाठका हास्यव्यांग्य कथासंग्रह “छमिया” र “अघटित” उपन्यास नेपाली भाषामा प्रकाशित भएका छन् । “क्षमादान” उपन्यास हिन्दी र नेपाली भाषामा प्रकाशित छन् ।

लाठ नेपाल उधोग बाणिज्य महासँघ मधेस प्रदेशका निबर्तमान अध्यक्ष, वीरगञ्ज उधोग बाणिज्य सँघका पुर्ब अध्यक्ष एवम् सल्लाहरकार समेत रहनु भएको छ । हाल उनी नेपाल उधोग बाणिज्य महासँघको रोजगारदाता परिषदको सल्लाहकार समेत हुनुहुन्छ । उहाँ दजर्र्नाै सामाजिक संघ सस्थामा आवद्ध हुनुहुन्छ ।

खेलकुदको क्षेत्रमा समेत उहाँको भूमिका उल्लेखनीय छ । उहाँले जापानमा १५ दिनको पेशागत सुरक्षा तथा स्वास्थ व्यवस्थापन प्रशिक्षण लिनु भएको छ भने सिंगापुरबाट सितारियो करातेमा ब्लेक बेल्ट प्राप्त गर्नु भएको छ ।

लाठ संञ्चालक रहेको गणेश टेडिंग सेन्टरबाट मेशिनरी उपकरण तथा हाडवेयर एंव कृषि सामाग्रीको कारोवार गर्नु हुन्छ भने नोवेल टेक्सटाइल उद्योगबाट विभिन्न ब्राण्डका कपडा उत्पादन हुदै आएको छ ।


सम्बन्धित समाचार