Logo

२९ भदौ,वीरगञ्ज । ५९ औं राष्ट्रिय बालदिवसको अवसरमा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ को विषयमा शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

बाल दिवसको अवसरमा वीरगन्ज महानगरपालिकाको महिला, वालवालिका शाखाको आयोजना तथा शैक्षिक प्रशासन महाशाखाको समन्वयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मा रहेको शारदा माविमा आयोजित वक्तृत्वकला प्रतियोगितामा विभिन्न १८ ओटा सामुदायिक विद्यालयबाट छात्रछात्राहरुको सहभागीता रहेको थियो ।

प्रतियोगितामा सुरजीदेवीका सन्देश वास्तु प्रथम, नृसिंह माविकी पुनम कुमारी साह द्वितीय र त्रिभुवन हनुमान माविकी कृष्णाकुमारी गुप्ता तृतीय हुनुभएको छ ।

नेरामावि नगवाकी पूजा कुमारी पटेल र श्रीपुर विद्यापीठका सर्फरोज हवारीले सन्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँहरुले क्रमशः ७ हजार, ५ हजार, ३ हजार र सान्त्वनाले २–२ हजार नगद पुरस्कार पाउनु भएको छ ।

शारदा माबिका प्रधानाध्यापक विनोद मेहताको सभापत्विमा सम्पन्न प्रतियोगिताको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्ण, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा बालबालिकाको उत्साहपुर्ण उपस्थिती रहेको थियो ।

निर्णायकहरुमा शैक्षिक प्रशासन महाशाखाका अधिकृत नारायण प्रसाद चापागाई, आर्थिक प्रशासन महाशाखाका कर्मचारी सुशिला भन्डारी तथा पोखरिया माबिका शिक्षक राजकुमार साह रहनुभएको थियो ।

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।


सम्बन्धित समाचार