Logo

३० भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल पर्साले आज जगरनाथपुर गाउँपालिकामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सप्पन्न गरेको छ । कार्यक्रम जनता समाजवादी पार्टी नेपाल पर्साको कार्यकारिणी समिति सदस्य जलेखा खातुनको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै जसपा पर्सा अध्यक्ष रामनरेश प्रसाद यादवले मधेसी जनताको हकहितलाई जहिले पनि अग्रणी स्थान राखेर जनता समाजवादी पार्टीले काम गरिरहेको बताउनुभयो । बिगत झै वर्तमानमा पनि जनताको हक र अधिकारको लागि कहिले पछि नपर्ने र यसको लागी संगठनलाई सुदृढीकरण गर्दै लैजाने उहाँको भनाइ छ ।

त्यस्तै पार्टीका केन्द्रिय सद्स्य रेखा साहले जनता समाजवादी पार्टी नेपालको आन्दोलन नै काङ्ग्रेस र एमालेमा रहेका नेताहरूले सांसद, मन्त्री र पार्टीभित्र नै मधेसी कोटामा पार्टीका पद पाएको बताउनुभयो । भेलाले आगामी शनिबार असोज ६ गते गाउँपालिका स्तरमा बृहत भेला गर्ने निर्णय गरेको छ ।

सोको लागि बृहत तयारीको लागि जलेखा खातुनको अध्यक्षतामा ७ सदस्यीय तयारी समिती गठन गरेको छ ।


सम्बन्धित समाचार