Logo

२ असोज,पचगावाँ । सब डिभिजन वन कार्यालय रंगपुरटाडी पर्साले चारवटा साईकल र काठ सहित एकजनालाई पक्राउ गरेको छ ।

जमदार अर्जुन चौधरीको नेतृत्व खटिएको बन गस्ती टोलीले आज विहान ३ बजेको समयमा सखुवाप्रसौनी गाउँपालिका वडा नं.४ कल्याणपुरबाट ४ वटा साईकल र चार वटा काठ सहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने बहुदरमाई नगरपालिका वडा नं.८ रामनगरीका रामेश्वर पटेल रहेका छन् । काठ अन्दाजी १५ क्युफिट रहेको रेन्जर कपिलदेव यादवले बताउनुभयो ।

४ जना तस्कर मध्ये एकजना पक्राउ परेका र ३ जना काठसहितको साईकल छोडेर फरार भएका उनीहरुको खोजी भईरहेको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार