Logo

फाइल तस्बिर

२ असोज,वीरगञ्ज । कारागार व्यवस्थापन विभागको लापरबाहीले ७ दिनदेखि वीरगञ्ज कारागारका १५ जना बालकैदीबन्दीहरु ७ दिनदेखि प्रहरी हिरासतमा छन् ।

प्रहरी हिरासतमा रहेको बालबालिकाहरुको कहाँ सरुवा गर्ने कारागार विभागले निर्णय नगर्दा बाल केदीबन्दीहरु प्रहरी हिरासतमा बस्न बाँध्य बनेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले प्रहरी हिरासतमा रहेको बाल कैदीबन्दीहरुको औपचारिकरुपमै पत्र पठाएर सरुवाको माग गरिसकेको छ । तर सरुवा मागिएको जवाफको निर्णय अहिलेसम्म नआएको हुँदा विवादित बालकैदीबन्दीहरुलाई प्रहरी हिरासतमै राखिएको बाल सुधार गृहका प्रमुख टिकाकृष्ण काफले जनाए ।

उनले भने,‘विभागबाट सरुवा सम्बन्धी निर्णय नआएसम्म त्यसमा केही पनि गर्न सकिदैन,त्यसकारण हामी निर्णयको प्रतिक्षामा छौ ।’
पर्सा प्रहरी हिरासतमा रहेका बाल कैदीबन्दीहरुको सरुवामा निर्णयमा किन ढिलाई भएको भन्दौ नारायणी एफएमले सोधेको प्रश्नमा कारागार व्यवस्था विभागका प्रवक्ता कमलप्रसाद पाण्डेले भने,‘हामी बालकैदीबन्दीहरुको सरुवाबारे छलफलमै छौं,कहाँ सरुवा गर्ने भन्ने बारेमा छलफल चलिरहेको छ, ठाउँको निश्चित हुने बित्तिकै हामी सरुवाको निर्णय गरिहाल्छौं ।’ सकभर १/२ दिनमै सरुवा गर्ने निर्णय आउँन सक्छ,’ उनले भने ।
भक्तपुरबाट सरुवा भएर आएका नयाँ बालकैदीसंग पुराना बालकैदीबन्दीको विवाद चर्किएपछि समस्या उत्पन्न भएको हो । उत्पन्न विवाद समाधानका लागि प्रशासनले बाहिरबाट आएका १५ जना बालकैदी बन्दीहरुलाई प्रहरी नियन्त्रणमा राख्यो । ती सबै प्रहरीको महिला तथा बालबालिका कक्षको हिरासतमा राखिएकोे छ ।

२६ भदौमा सुधारगृहमा झडप भएको थियो । सुधारगृहका दुई जना कमाण्डरलाई कुटपिट गरेपछि दुई समूहबीच झडप भएको थियो । झडपपछि प्रदर्शनमा उत्रिएका बालगृहका कैदीबन्दी र स्थानीय प्रशासनबीच बुधबार साँझ वार्ता भएपछि मात्र बालगृहको अवस्था साम्य भएको हो ।


सम्बन्धित समाचार