Logo

३ असोज, वीरगञ्ज । बारा प्रहरीले भन्सार छलेर ल्याएका चाँदीको गहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार साँझ बारा प्रहरीले ४ किलो चाँदीको गहनासहित एकजनालाई पक्राउ गरेको हो ।

बारा प्रहरीले बीरगन्ज महानगरपालिका वडा नम्बर ३ बस्ने राजेश साह सोनारलाई पक्राउ गरेको बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जनाए ।

प्रहरीका अनुसार पक्राउ परेकोबाट ४ किलो चाँदीको गहना र ना १६ प ४०१६ नम्बरको मोटरसाइकल बरामद भएको छ । गहना लिएर बीरगन्जबाट कलैयातर्फ जाँदै गरेको अवस्थामा साहलाई पक्राउ गरिएको बारा प्रहरी बताउँछ ।

बरामद भएको चाँदीका गहना कहाँबाट ल्याइएको भन्ने कुनै पनि काँगजात साहसंग नरहेको पाइएको बारा प्रहरीको भनाइ छ । प्रहरी भन्छ,‘तैपनि अझ उनीसंग सबै काँगजात माग्या छौं, त्यो आयोपछि अनुसन्धान गरेर त्यही अनुसार अगाडिको प्रक्रिया बढाइन्छ । आएन भने त्यसलाई कारबाही गर्न सम्बन्धित निकायमा पठाइन्छ ।’
बारा प्रहरीका अनुसार बरादम भएको चाँदीको गहना बजार मुल्य अन्दाजी ५ लाख बराबरको रहेको छ ।

पर्सा प्रहरी तस्करीको सूचनामा किन बेखवर ?

रक्सौलबाट वीरगञ्ज हुदै कलैया लैजादै गरेको अवस्थामा बारा प्रहरीलाई चाँदी तस्करीको सूचना हुदाँ पर्सा प्रहरी भने वेखवर थियो । पर्सा प्रहरीले विभिन्न नाकामा थापेको चेकजाँचको सुरक्षा घेरा पारगर्दै बारा जिल्लाको सीमामा प्रवेश गर्ने वित्तिकै ४ किलो चाँदी पक्राउ परेको हो ।

६१ केजी सुन प्रकरणमा कलैयाबाट पक्राउ परेका सुनचाँदी व्यवसायी शिबकुमार सरार्फले अवैधमार्गबाट आएको सुन भारतर्फ तस्करी हुनेगरेको र भारतबाट अवैधरुपमा चाँदी नेपाल भित्रिने गरेको सिआईवीले लिएको वयानमा उनले भनेका छन् ।

पर्सा र बाराको नाका भएर ठूलो परिणाममा भारततर्फ सुन तस्करी हुदै आएको छ भने भारतबाट चाँदी अवैध मार्ग भएर वीरगञ्ज भित्रिने गर्दछ । यो सूचना पाएको पर्सा प्रहरीले अहिले सम्म ठूलो परिणाममा कुनै सुनचाँदी बरामद गर्न सकेको छैन ।

सुनचाँदी व्यवसायीसँग पर्साका प्रहरी प्रमुखको सम्वन्ध मजबुद रहेको देखिन्छ । सायद त्यहीँ भएर होला सुनचाँदीको अवैध कारोवारीहरुले वीरगञ्ज र यसआसपासका नाकाको प्रयोग गर्दैआएका छन् । सुनचाँदीको कारोवारीहरु हुण्डीको समेत कारोवारमा संलग्न रहेको सिआईवीको अनुसन्धानले समेत प्रष्ट देखिन्छ ।

बारा जिल्लामा भर्खरै आएका प्रहरी प्रमुख एसपी सुरेस काफ्ले र प्रहरी नायव उपरिक्षक (डिएसपी) दधिराम न्यौपानेले जिल्लाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा संयन्त्रलाई चुस्तदुस्त राख्ने खोजेको देखिन्छ ।

सायद त्यहीँ भएर होला पर्साका प्रहरी भन्दा बाराको प्रहरी प्रति भरोसा देखिएको कारण सुुराकीले समेत बारा प्रहरीलाई सुराक दिने गरेको छ । चाँदीको गहनाको घटनामा समेत सुराकीले बारा प्रहरीलाई रोजेको देखिन्छ ।


सम्बन्धित समाचार